बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको विद्युतीय बस खरिद कार्यक्रम विवादमा परेको छ।आवश्यक पूर्वाधार निर्माण नगरि सरकारले बस खरिद गर्न हतार गरेको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन् भने सत्तापक्षले पनि असन्तुष्टि जनाएका छन्।प्रतिपक्षी दलहरूले विद्युतीय बस खरिद कार्यक्रमलाई बजेटबाट हटाउनुपर्ने मागलाई प्राथमिकतामा राख्दै संसद बैठक अवरुद्ध गरिरहेका छन्। सरकार कुनै पनि हालतमा विद्युतीय बस खरिद गर्ने योजनामा छ भने प्रतिपक्षी दल कुनै पनि अवस्थामा विद