महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बता

सम्बन्धित सामग्री

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

सम्झौता भएको ३ वर्षपछि वंशिलाघाटमा पुल निर्माण थालियो

१८ पुस, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख […]

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण कार्य सुरु

नवलपरासी । नवलपरासीमा सम्झौता भएको तीन वर्षपछि खजुरा खोलामा पुल निर्माण कार्य सुरु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ नंबर वडा जोड्ने पुल निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो । शिलान्याससमेत गरिएको पुल निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहिन भएका थिए । याद सकिँदासमेत सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासनको सहयोग लिएर […]

याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गरिने

सिमकोट – हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुुसार सम्झौता भएको लामो समयसम्म निर्माण सुुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको […]

कालीगण्डकीमा पुल निर्माण

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्रा...

भोटिया खोलामा पुल निर्माण हुने

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।  रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र […]

लेतेखोलामा मोटरेबल पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७५ भदौमा रु छ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले […]

सम्झौताको तीन वर्षपछि झोलुंगे पुल निर्माण सुरु

सिमकोट – टेन्डर सम्झौता भएका दुई वटा झोलुंगे पुल निर्माण ३ वर्षपछि धमाधम भइरहेको छ। डेढ वर्ष लगातार कोरोनाले काम प्रभावित हुँदा अहिले निर्माण कार्यले गति लिएको हो। पुल निर्माण जिम्मा पाएको कंग्री निर्माण सेवाका प्रतिनिधि कुलबहादुर लामाले सम्झौता भएर काम सुरु गर्ने बेला कोरोना समस्या आएपछि रोकिएको काम अहिले सुरु गर्नुपरेको जानकारी दिए। एक […]

बल्मा नदीको पुल निर्माण सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित बल्मा नदीमा निमार्णाधीन पुलको निर्माणकार्य सम्पन्न भएको छ । पाँच वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर निर्माण अलपत्र अवस्थामा रहेको पुलको निर्माणकार्य लामो समयपछि सम्पन्न भएको हो । पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न भने सहज भएको छ […]

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]