पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

काठमाण्डाै – लगातार परेको पानीका कारण पहिरो जाँदा मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द भएको छ । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा झरेको पहिरोले आज बिहानैदेखि सडकखण्ड बन्द भएको हो । सडक बन्द हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निरन्तर पहिरो खसिरहेकाले तत्कालै पहिरो हटाएर बाटो सञ्चालन गर्न समस्या भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । अहिले सडक खुलाउन स्काभेटर र प्राविधिकलाई खटाइएको पनि उहाँल...

सम्बन्धित सामग्री

भीमफेदी-कुलेखानी सडक पहिरोले पुनः अवरुद्ध

हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ।शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध भएको हो।शुक्रबार राती परेको पानीले भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको उनको भनाइ छ।

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।