माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी […]

सम्बन्धित सामग्री

सरकार छोड्ने प्रचण्डको चेतावनीपछि ब्याक भए देउवा, आज एमसीसी पेश नगर्ने सहमति

नेकपा (माओवादी केन्द्र)ले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सहमत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलपछि आजको बैठकमा एमसीसी पेश नगर्ने र भोलि गठबन्धनको बैठक बसेर यस बारे निर्णय लिने सहमति भएको हो ।यस अघि  सिंहदरबारस्थित आज बसेको माओवादी केन्द्रको संसदीय दलको  बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने र सहमति बिना संसदमा टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो  । बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो  । बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न गएका थिए। बैठकपछि आज एमसीसी पेश नगर्ने सहमति भएको हो ।  कांग्रेसको संसदीय दलको बैठकले भने हिजो नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले हिजो नै सभामुख अग्नि सापकोटालाई फोन गरेर एमसीसी संसद पेश गर्ने तयार गर्न भनेका थिए । एमालेले भने आफ्नो माग पुरा नभएको भन्दै आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।संसद बैठक आज दिउँसो १ बजेको लागि बोलाईएको छ ।