हरेक वर्ष निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी

नेपाली बैंकिङ क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर निक्षेप वृद्धिदरको तुलनामा बढी देखिएको छ । निक्षेप वृद्धिदरको तुलनामा कर्जा प्रवाहको वार्षिक वृद्धिदर हरेक वर्ष बढी भएको देखिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गरेको एक अध्ययनअनुसार २०७० यता आव २०७६/७७ मा बाहेक हरेक वर्ष कर्जाको वृद्धिदर निक्षेप संकलनको तुलनामा बढी देखिएको छ । आव २०६९/७० मा १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह २१ प्रतिशतले बढेको थियो । यस्तै, गत आव २०७७/७८ पनि २१ प्रतिशतले निक्षेप संकलन बढ्दा कर्जा प्रवाहको वृद्धिदर भने २८ प्रतिशत थियो ।...