प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रदान गर्नेलगायतका उद्देश्यले बागमती प्रदेश सरकारले सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको छ । काभ्रेमा आर्थिक वर्ष २०७६/७७ देखि काभ्रेका नौ विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु भएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमा नै उपचार भएको छ भने विद्यार्थीहरुले आफ्ना समस्या समेत प्रष्टसँग राख्न सक्ने भएका छन् ।