धनकुटामा माओवादी बागी बन्दा कांग्रेसका सुनिलबहादुर थापाले निकाल्न सकेनन् जित, एमालेका राई निर्वाचित

काठमाडौं : राप्रपा छाडेर कांग्रेस पसेका सुनिलबहादुर थापा धनकुटाबाट पराजित बनेका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका हुन्। गठबन्धनका सुनिललाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राई निर्वाचित भएका हुन्। राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार…