शक्ति राष्ट्रको चलखेलको केन्द्र नेपाल बन्ने खतरा बढ्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा