धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...

सम्बन्धित सामग्री

रूपन्देहीको गैडहवामा गठबन्धनालाई हराउँदै एमाले विजयी

रुपन्देहीको गैडहवा गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मत सहित विजयी भएका हुन । उनका प्रतिद्वन्दी...

मनहरी गाउँपालिकामा गठबन्धन विजयी

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन्।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार गठबन्धन तर्फका उम्मेदवार कालाखेतीले ९ हजार ३ सय १६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए।६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीत

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमाले विजयी

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगलबार भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा अर्जुन गुरुङ र उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका हुन् । गुरुङले ६ हजार १ सय ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३ सय ६९ मत ल्याए । यस्तै उपाध्यक्षमा निर्वाचित एमालेकी जुनमाया थापाले ५ हजार ८ सय ९५ मत ल्याइन् भने  नेकपा माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएर पराजित भए ।

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

पर्वत – पर्वतको महाशिला गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।  एमालेको उम्मेदवार इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बन्नुभएको अशोक उचै ठकुरीलाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  एमालेका भूसालले ठकुरीलाई ४ सय ४० मतान्तरले हराउनु भएको हो ।  भुसालले २७४३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी  ठकुरीले २३०६ मत प्राप्त गर्नुभयो ।   यसैगरी गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका एकिकृत समाजवादीका विराज हमाललाई ७ सय ३७ मतान्तरले पछि पार्दै एमाल...

पाल्पाको रिब्दीकोट गाउँपालिकामा गठबन्धन विजयी

पाल्पा : रिब्दिकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भएकी छिन्। उनले पाँच हजार ४७९ मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेकी छन्।

खोटेहाङ गाउँपालिकामा माओवादी विजयी

खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा  कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सरुमारानी गाउँपालिकाको अध्यक्षमा झगबहादुर विश्वकर्मा चार हजार २८० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठवन्धनका नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याउनुभयो । यस्तै, उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्तबहादुर रानाले चार हजार २७ मत ल्याउनुभयो ।

सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । ५ व...

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा  निर्वाचित बनेका हुन् । उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए ।  उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।