काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।
वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिइ वा नलिइ रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेकाहरुलाई सम्पर्कमा आउन कल सेन्टरले आग्रह गरेको हो । त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।
कल सेन्टरम...