विराटनगर विमानस्थल : संघीय बजेट विनियोजन नहुँदा विस्तारमा ढिलाइ

विराटनगर । संघीय सरकारले बजेट विनियोजन नगर्दा विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने काममा ढिलाइ भएको छ । आर्थिक वर्ष २०७७÷२०७८ मै विमानस्थलको स्तरोन्नतिका लागि केन्द्र सरकारले ८ अर्ब निकासी गर्नुपर्नेमा सो नगरेकाले प्रदेश सरकारले छुट्ट्याउनुपर्ने ७ अर्ब र विराटनगर महानगरपालिकाले छुट्याउनुपर्ने २ अर्ब रुपैयाँ बजेट छुट्याएनन् । यही कारण अधिग्रहणका लागि डेढ वर्षदेखि रोक्का राखेको स्थानीयको जमिनको मुआब्जा वितरण हुन सकेन । अहिले भने प्रदेश १ सरकार र विराटनगर महानगरपालिका विमानस्थलको स्तरोन्नतिका लागि आफ्नो भागमा परेको बजेट विनियोजन गर्न राजी भएका छन् । संघीय सरकारले बजेट विनियोजन नगर्दा सुस्त बनेको विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले बजेट छुट्याएर काम अघि बढाउने प्रतिबद्धता मुख्यमन्त्री राजेन्द्र राई र महानगर प्रमुख भीम पराजुलीबाट आएको हो । महानगर प्रमुख पराजुलीले विराटनगर विमानस्थल कुनै पनि हालतमा विराटनगरभन्दा बाहिर नजाने भन्दै महानगरको जिम्मा रहेको २ अर्ब रुपैयाँ आउने आर्थिक वर्षमा विनियोजन गरी विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने बताए ।  यस्तै मुख्यमन्त्री राईले तीन तहका सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौताअनुसारको काम अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । प्रदेश सरकारले विमानस्थलको स्तरोन्नतिका लागि खर्च हुन नसकेको चालू आवको बजेट पनि लगाउन सक्ने उनले बताए । सरकारले खर्च गर्न नसकेको रकम विराटनगर विमानस्थलका लागि उपलब्ध गराउनुपर्ने मुख्यमन्त्री राईले हालै आयोजित एक कार्यक्रममा बताएका हुन् । त्यसका लागि संघीय सरकारमार्फत उपलब्ध गराउन आफूले पहल गर्ने दाबी समेत उनले गरे । क्षेत्रीय विमानस्थल आवश्यक रहेकाले सरकारले योजना अघि बढाएको भन्दै मुख्यमन्त्री राईले संघले ५० प्रतिशत बजेट उपलब्ध गराएपछि प्रदेशले ४० प्रतिशत बजेट विनियोजन गर्ने बताए । ८ हजार मिटर भन्दा माथिका पाँचओटा हिमाल रहेको प्रदेश १ ले पर्यटन क्षेत्रबाट अपेक्षाकृत लाभ लिन नसकेको सन्दर्भमा उनले ‘माउन्टेन फ्लाइट’को सुविधा विराटनगर विमानस्थललाई दिइनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले स्थानीयको जग्गा रोक्का राखेर मुआब्जाको सूचना जारी भइसक्दा पनि बजेट विनियोजन नहुँदा दबाब थेग्नुपर्ने अवस्था आएको बताए । सम्झौता अनुसार संघले ५० प्रतिशत र प्रदेशले ४० प्रतिशत बजेट विनियोजन गरे विराटनगर महानगरपालिकाले १० प्रतिशत बजेट उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । तीन सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौता भएर जग्गा प्राप्तिको प्रक्रिया बढे पनि बजेट अभावले विस्तारको काम अघि बढ्न नसकेको हो । २०२५ सालमा स्थापना भएको विराटनगर विमानस्थल आन्तरिक विमानस्थलमध्ये पुरानो मानिन्छ । १ हजार ५०० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थललाई विस्तार गरेर ३ हजार लम्बाइ र ३० मिटर चौडाइको बनाउने गुरुयोजना तयार भइसकेको छ ।

सम्बन्धित सामग्री

‘विराटनगर विमानस्थल विस्तार प्राथमिकतामा छ’

मोरङ – विराटनगर विमानस्थल विस्तारका क्रममा रोक्का भएको जग्गाको मुआब्जा वितरण चाँडै सुरु गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्। विराटनगरस्थित विमानस्थलमा शुक्रबार पत्रकारसँग मन्त्री आलेले विराटनगर विमानस्थल स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था नगरे पनि सरकारले बजेटको व्यवस्था गर्दै काम अघि बढाउने मन्त्री आलेले प्रस्ट्याए। विराटनगर, […]

विराटनगर विमानस्थल आजदेखि सञ्चालन

विराटनगर : डुबानका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ।विमानस्थनमा शनिबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सब खरेलले जानकारी दिए। उनका अनुसार साँझको उडान भने  विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ।उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र  विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ।’लगातारको वर्षापछि केसेलिया खोलामा  आएको बाढी मंगलबार विमानस्थ

भोलिबाट विराटनगर विमानस्थल सञ्चालनमा आउने

अविरल परेको वर्षाका कारण बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल शनिबारबाट खुल्ने भएको छ।

भोलि बिहानदेखि विराटनगर विमानस्थल सुचारु हुने

काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए । मौसम सफा भएको अवस्थामा भोलि बिहानदेखि साँझ ५ बजेसम्म मात्रै उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।-File Photo

विराटनगर विमानस्थल अझै जलमग्न

अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ । भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आ...

विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने

विराटनगर । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी गरेको छ । केहि दिनदेखि परेको भारी बर्षाका कारण आएको बाढीले धावनमार्ग जलमग्‍न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती […]

विराटनगर विमानस्थल बन्द

अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]

विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थल अवरुद्ध...

बाढीले विराटनगर विमानस्थल डुबान

विरानगर – लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो। धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा कित्ताकाट रोकियो

१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]