दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन्।दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले थाहा खबरलाई जानकारी दिए। ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको बुझिएको छ। 

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।