भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति

काठमाण्डाै – भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ । ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ । यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनु...

सम्बन्धित सामग्री

भारतमा संक्रमण बढेसँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्यो

काठमाडौं : कोभिड-१९ को महामारी शिथिल हुँदै जाँदा सुस्ताएको कोरोनाविरुद्धको खोप प्रति पुनः आकर्षण बढ्दै गएको छ। केही समय अघिदेखि कम हुँदै गएको खोप लगाउनेको संख्या छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि वृद्धि हुन थालेको छ। एक साता पहिले कोरोना विरुद्धको खोप लगाउनेको दैनिक संख्या करिब ५० हजार थिए। त्यो संख्या वृद्धि भएर शुक्रबारसम्ममा दुई लाख नाघेको छ। कोभिड १९ को दैनिक संक्रमण संख्या कम हुँदै जाँदा खोप लगाउन आउनेको संख्या न्युन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोज र खोप

भारतमा कोरोना विरुद्धको खोप लगाउने दश करोड नाघ्यो

भारतमा दश करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । कोभिड १९ को दोस्रो लहरले थलिएको भारतमा खोप अभियान समेत तीब्रताका साथ अगाडि बढाइएको हो । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलो खोप लगाएपछि अमेरिकामा ८९ दिन, चीनमा १०२ दिन र भारतमा ८५ दिनमा खोप लगाउनेको संख्या दश करोड नाघेको जनाएको छ । तर भारतमा भने दैनिक थपिने सङ्क्रमितको संख्या एक लाख पचास हजार भन्दा बढेको छ । आइतबार एकै दिन भारतमा आठ सयभन्दा बढी सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

भारतमा कोरोना खोपका लागि ३५ हजार करोड बजेट विनियोजन

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अर्थमन्त्री सीतारमणले उक्त बजेट सर्वसाधारणलाई कोभिड विरुद्धको खोपमा खर्चिने बताउनुभएको हो । भारतमा करिब ८० करोड ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइनेछ । जस अनुसार करिब ५६ हजारदेखि ७२ हजार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । कोभिड विरुद्धको खोप लगाउँदा प्रतिब्यक्ति सात सयदेखि नौ सय भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उक्त बजेटबाट ३८ करोडदेखि ५० करोड ब्यक्तिलाई खोप पुग्नेछ ।