पुरानो भिडियो देखाएर चरित्र हत्या गर्न खोजियो : महेश बस्नेत

१४ भदौं, काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको […]

सम्बन्धित सामग्री

महेश बस्नेतको चेतावनी : चरित्र हत्या गरियो, कानुनी उपचार खोज्छु

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भाइरल भएको फेक भिडिओ आफूसँग जोडिएको भन्दै आपत्ति जनाएका छन्। स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाको भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिं तामाङ पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियो हालेर आफ्नो चरित्र हत्या गरेको बस्नेतले दाबी गरेका हुन्। सोही झडपको भिडियो सामाजिक सञ्जालमा महेश बस्नेत

मेरो चरित्र हत्या गर्न खोजियो, कानुनी प्रक्रिया अघि बढाउँछु : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन्।  मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह […]