एएफसी कप छनोट : त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्दै

काठमाडौं : एएफसी लाइसेन्स पहिलो पटक पाएपछि त्रिभुवन आर्मी क्लबले एएफसी कपको छनोट खेल खेल्दै छ। आर्मीले बुधबार साँझ साढे पाँच बजे श्रीलंका पुलिस क्लबसँग खेल्न लागेको हो।  दशरथ रंगशालामा हुने फुटबल खेलका लागि आर्मीले सबै तयारी पुरा गरेको जनाएको छ।  खेल अघि मंगलबार गरिएको प्रि म्याच कन्फ्रेन्समा  त्रिभुवन आर्मीका प्रशिक्षक नबिन न्यौपानेले दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ खेल्ने बताएका छन्।   न्यौपानेले छनोटको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध जित निकाल्नेमा आफू विश्वस्त रहेको पनि बताए।...

सम्बन्धित सामग्री

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र

सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ । गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी