टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र  खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहा