माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, ...

सम्बन्धित सामग्री

नक्कली विचारको फैसला चुनावले गर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।‘हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दिनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको

एमाले भन्नेबित्तिकै जनताले नाक खुम्च्याउन थाले: माधव नेपाल

पोखरा – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई जनताले सजाय दिने दाबी गरेका छन्। आइतबार पोखरामा कास्की जिल्ला स्तरीय कार्यकर्ता भेला एवं विचार गोष्ठीमा अध्यक्ष नेपालले ओलीले पटक पटक संविधानमाथि आक्रमण गरेकाले सजाय पाउने उल्लेख गरेका हुन्। संविधान दिवसको अवसर समेत पारेर समाजवादीले गरेको कार्यक्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको […]

पोखरामा पनि माधव नेपालविरुद्ध ओलीका आक्रामक अभिव्यक्ति

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई 'प्युसो' भएको टिप्पणी गरेका छन्। मंगलवार पोखरामा आयोजित बृहत कार्यकर्ता भेला सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  'कांग्रेसले हामीसँग लड्ने आँट गरेको छैन। माधव नेपाल त प्युसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने…

माधव नेपाल पक्षका युवाद्वारा अखिल फोर्स गठन, ओली पक्षको प्रतिकार गर्ने

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका नेतामाथि कारवाही

नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता र प्रतिनिधि सभाका निवर्तमान सांसदलाई कारवाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई कारवाही गरिएको छ ।  पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, ...

झापामा माधव नेपाल समूहको समानान्तर कमिटी

माधव नेपाल समूहले आज झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।  समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।  सो भेलामा नेपाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाल समूहले प्रधानमन्त्रीको गृह जिल्लामा गर्‍यो कार्यकर्ता भेला

काठमाडौं। एमालेको असन्तुष्ट माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कार्यकर्ता भेला गरेको छ। पार्टीले कारबाही गरेपछि समानान्तर कमिटि गठनलाई तीव्रता दिएका नेता नेपाल समूहले आज झापामा कार्यकर्ता भेला गरेको हो। ७ सय कार्यकर्ता जम्मा भएको भेलामा माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोइराला, नरेश खरेल लगायत उपस्थित छन् ।

नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाउँदै

१० चैत, काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल समूहले विद्यार्थी संगठन अनेरास्ववियुको पनि भेला आयोजना गरेको छ । मंगलबार काठमाडौंमा अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो । यसअघि नेपाल समूहले अखिल नेपाल महिला संघ र युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाइसकेको छ । विद्यार्थीको भेलाबाट पनि समानान्तर […]

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

प्रज्ञा भवन कमलादीमा प्रचण्ड-नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला

नेकपा प्रचण्ड-माधव नेपाल समूहको अगुवा कार्यकर्ता भेला प्रज्ञा भवन कमलादीमा जारी छ । पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजनामा जारी भेलालाई नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतले सम्बोधन गर्ने छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूह आन्दोलित छ । उक्त समूहले मंगलवार कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो ।