बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।...

सम्बन्धित सामग्री

स्थानीयले नै लगाइदिन्छन् सामुदायिक वनमा डढेलो

वीरगञ्ज- गर्मीको मौसम सुरु भएसँगै पर्सामा रहेको सामुदायिक वन तथा निकुञ्जमा डढेलो लाग्ने क्रम बढेको छ। अहिले पर्सामा रहेका विभिन्न सामुदायिक वनमा डढेलो लागिरहेको छ। ढडेलोका कारण स-साना बोट बिरुवाहरू जलेर नष्ट भएका छन्। त्यस्तै, डढेलोले गर्दा वातावरण पनि प्रदुषित भएको छ। जिल्लाका पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिकालगायतका स्थानहरूमा डढेलोले गर्दा हावा प्रदुषित हुनुका […]

सामुदायिक वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते

चुरेमकवानपुर । मकवानपुरको विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा मौसम सुरू भएसंगै बनमा डढेलो लाग्दा सर्वसाधारणमा त्रास फैलिएको छ भने सरोकारवाला निकायबाट कुनै कदम अघि बढाईएको पाइएको छैन । हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउंपालिका क्षेत्रमा पर्ने नमुना सामुदायिक वन, बनस्खण्डि सामुदायिक वन र मनकामना सामुदायिक वनमा हिजोबाट सुरू भएको आगलागी अहिले मानव बस्ती नजिकै […] The post सामुदायिक वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

उदयपुर, ३० चैत । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले […]

सामुदायिक वन समूह खोटो संकलन गर्दै

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदै छ । वन समूहबाट यस वर्ष करीब रू. ९ लाख ३९ हजार बराबरको ७८ हजार २५६ किलो खोटो संकलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरीद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रू. १२ र निकासी कर प्रतिकिलो रू. १२ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ,’ उनले भने । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो विक्री गरेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । तर बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्दा रूख मर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करीब रू. दुई लाख ५० हजारको खोटो विक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रू. १२ का दरले खोटो खरीद गर्दै आएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करीब २२ हजार पाँच सय किलो खोटो विक्री गरेको छ । वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ । खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रूखलाई असर गर्ने गरेको छ । त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो विक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगरले बताए । सल्लाको रूखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ,’ उनले भने । बंगलाचुली–८ मा ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहले खोटो संकलन गर्दैआएका छन् । रासस

उदयपुरका आधा दर्जन बढी ठाउँमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै उदयपुरका विभिन्न वन जंगल क्षेत्रमा डढेलो लाग्न थालेको छ। केही दिनयता जिल्लाका विभिन्न सामुदायिक वन समूहहरू र राष्ट्रिय वन क्षेत्रमा डढेलो लाग्न थालेको वन कार्यालयले जनाएको छ।...

डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न

सामुदायिक वन डढेलोको उच्च जोखिममा

देउखुरी- दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका बताएको हो । वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालासँग आज अन्तक्र्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइएको हो । पछिल्लो नौ वर्षमा […]

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भ

उदयपुरका वनमा निरन्तर डढेलोः करोडौंको काठ र लाखौं विरुवा नष्ट

गएको दुई सातायता उदयपुरका दर्जनौं सामुदायिक वन समूह र सरकारी वनक्षेत्रमा लागेको डढेलोले करोडौं मूल्यबराबरको काठ तथा लाखौं बोट विरुवा डढेर नष्ट भएको छ । सुरुमा सदरमुकाम आसपासका जंगलमा सामान्य देखा परेको डढेलो पछिल्लो सातादिनयता चारैतिर फैलिएर जिल्लाका झण्ड...

उदयपुरको सामुदायिक वनमा डढेलो

उदयपुर / उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना... The post उदयपुरको सामुदायिक वनमा डढेलो appeared first on Purbeli News.