कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ ।कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन ।राजनीतिक भेटघाट र अन्य कामका लागि आउने हरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरब