कुशल भुर्तेलको चौथो अर्धशतक

११ वैशाख, काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस […]

सम्बन्धित सामग्री

कुशल भुर्तेल ६६ रनमा आउट

खेलको सुरुमै ब्याटिङ्ग गर्न मैदान उत्रेको कुशल अर्धशतक पूरा गर्दै ६६ रन बनाएर आउट भएका हुन्।

जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौँ । जिम्बावे ए विरुद्धको टी-२० क्रिकेटमा ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पहिलो विकेटका लागि नेपालले ९।३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ मा बोल्ड आउट भएका हुन् । उनलाई बेन्डेन मबुर्ताले बोल्ड आउट पारेका हुन् । यसअघि टस हारेर पहिला […]

अर्धशतक बनाउँदै नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग अर्धशतक बनाउँदै आउट भएका छन् । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । क्रिजमा आरिफ शेख २ र रोहित कुमार पौडेल २४ रनमा खेलि रहेका छन् । ओपनर […]

ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनित

काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयनमा परेका छन्। आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसहित पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन्। नेदरल्यान्डस् र मलेसियासम्मिलित त्रिकोणात्मक शृङ्खलामार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गरेका कुशलले लगातार तीन सहित ४ अर्धशतक बनाएका थिए। उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन्।

नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो । गएको महिना नेपालमै भएको त्रिदेशीय टी–ट्वेन्टी श्रृङ्खलामा कुशल भुर्तेलले डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए । कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन...

टी-२० सिरिज : कुशल भुर्तेल १६ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । यसै सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका कुशलले लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए । चौथो खेलमा भने उनले १६ रन मात्रै बनाउन सके । उनले १२ […]

कुशल भुर्तेल टी २० वरीयताको ९३ औं स्थानमा

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको टी २० अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेल समावेश भएका छन्।  हाल काठमाडौंमा जारी त्रिदेशिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेका उनले तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए। यससँगै भुर्तेल टी २० अन्तर्राष्ट्रिय क्रिकेट ब्याट्सम्यानको वरीयतामा ९३ औं स्थानमा पुगेका छन्। नयाँ वरीयतामा…

कुशल भुर्तेल आईसिसी वरीयताको शीर्ष १०० मा

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल आईसिसी ट्वान्टी-२० वरीयताको शीर्ष १०० भित्र परेका छन्। डेब्यू गरेसँगै लगातार तीन खेलमा अर्धशतक बनाएका कुशल वरीयताको ९३औं स्थानमा छन्। नेपालबाट कुशलबाहेक पूर्वकप्तान पारस खड्का ८३औं स्थानमा छन्। इङ्गल्यान्डका डेभिड मलान शीर्ष स्थानमा छन्।

कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा कुशल भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। ६२ रन बनाएर कुशल आउट भए।  यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका हुन्। टस जितेर…

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख। कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन…