राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको प्रिमियम दर घट्यो

राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको जनाएको छ ।बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुँजी जस्ता व्यावसायिक कर्जा […]

सम्बन्धित सामग्री

बैतडीमा बैंकबाट सहुलियत कर्जा लिनेको संख्यामा कमी

साउन ११, बैतडी । बैतडीमा बैंकहरुबाट सहुलियत कर्जा लिनेको संख्यामा कमी आएको छ । जिल्लामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक शाखा बैतडीबाट सहुलियत कर्जा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीबाट ८ जनाले र कृषि विकास बैंक शाखा बैतडीबाट १५ जनाले सहुलियत कर्जा लिएका थिए भने गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकबाट चार र कृषि विकास बैंकबाट १२ जनाले मात्र सहुलियत कर्जा लिएको बैंकहरुको तथ्यांकमा रहेको छ । प्रत्येक स्थानीय तहमा बैंकीङ सुविधा भएकाले पनि गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्या घटेको राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीका प्रबन्धक पूर्ण लेखकले बताए । उनले भने ‘धेरैलाई त यसबारे जानकारी नुहनाले पनि यो सुविधा लिने कमै आउछन्’ । लकडाउनले बैंक बन्द रहेकाले पनि गत आर्थिक वर्षमा सहुलियत कर्जा लिनेको संख्यामा कमी आएको कृषि विकास बैंक बैतडी शाखाका प्रवन्धक मोहित खडकाले बताएका छन् । उनले भने ‘हाम्रो बैंकबाट सहुलियत कर्जा सबैभन्दा बढी व्यवसायिक पशुपन्छी र महिला उद्यमशिलताको लागि लिने गर्दछन्’ । अहिलेसम्म नेपाल सरकारले भुकम्प पीडितहरुको निजी अवास कर्जा, विदेशबाट फर्केका युवक कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, दलित समुदाय व्यवसायिक कर्जा, महिला उद्यमशिलता कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र उच्च र प्राविधिक शिक्षा तथा व्यवसायिक कर्जा गरी सात प्रकारका कर्जामा सहुलियत व्याज अनुदान दिदैं आइरहेको छ । नेपाल सरकारले दिएको सहुलियत कर्जा सम्बन्धी सुविधा सबैलाई जानकारी नहुँदा पनि सहुलियत कर्जा लिनेको संख्या घटेको देखिन्छ । थाहा भएकाहरु पनि प्रक्रिया लामो र झन्झटीलो भएकाले कर्जा नलिएको बताउछँन् । बैतडीमा रहेका अरु बैंकबाट पनि त्यति धेरै सहुलियत कर्जा लिएको भेटिदैन । आफ्नो शाखालाई दिएको सहुलियत कर्जाको कोटा पनि नपुग्ने बैंकहरुले बताएका छन् ।  अहिले बैंकले सहुलियत कर्जामा ग्राहकबाट दुई दशमलव पाँच प्रतिशत मात्र व्याज लिने गरेको छ । कर्जा लिनेको प्रकृति हेरी दुई लाख देखि अधिकतम १५ लाखसम्म कर्जा दिने गरेको राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीले जनकारी दिएको छ ।