कमल थापाको राजतन्त्रसँग ‘डिभोर्स’

०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर, पार्टीमा सो मुद्दामा छलफल हुने अवस्था नदेखिएपछि थापा पार्टी नै छाड्ने निर्णयमा त