काठमाडौं उपत्यकामा तीन फ्लाइओभर बन्दै

काठमाडौं। उपत्यकाको आवागामन सहज बनाउन सरकारले तीन वटा फ्लाइओभर बनाउने भएको छ। ग्वार्को, सातदोबाटो र इमाडोलमा फ्लाइओभर बनाउने भएको हो। यी तीनमध्ये आगामी आर्थिक वर्षमा एउटाको ठेक्का अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। बाँकी दुई फ्लाइओभरको काम अर्को आर्थिक वर्षमा सुरु हुने छ। यस्तै,तीनकुने–जडिबुटी अण्डरपासको काम समेत अगाडी बढाउने मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

फ्लाइओभरको निर्माणमा सर्वसाधारणले दु:ख भोग्नु हुँदैन

कोटेश्वरमा हुने ट्राफिक जाम कम गर्न सरकारले यहाँ फ्लाइओभर निर्माण गर्ने काम अघि बढाएको छ । यसका लागि उसले सहुलियत ऋण लिने निर्णय गरेको छ । निश्चय नै राजधानीमा बढ्दो जनसंख्याको चाप र बढ्दो ट्राफिकसँगै यहाँको यातायातलाई व्यवस्थित गर्न निकै चुनौती थपिएको छ । काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक वृद्धि भए पनि त्यसको दाँजोमा सडक निर्माण र विस्तार भने निकै कम भएको छ । भएका सडकको स्तरोन्नति पनि ज्यादै कम भएको छ । केही ठाउँमा सडक फराकिलो पार्ने काम त भएको छ तर चोक र जन्क्सनमा भने समस्या यथावत् छ । यो समस्या कम गर्न अन्डरपास वा इन्टरसेक्शन अर्थात् फ्लाइओभर आवश्यक देखिन थालेको छ । तर, फ्लाइओभर महँगो पर्ने भएकाले अन्य विकल्प पनि खोजिनु आवश्यक छ । अन्य कुनै विकल्प छन् भने तिनलाई प्राथमिकता दिँदा बढी लाभदायी हुन्छ ।  बस्तीको विकास र ट्राफिक जामलाई ख्याल गर्ने हो भने कोटेश्वरलगायत केही प्रमुख चोकमा फ्लाइओभर निर्माण गर्न ढिला भइसकेको छ । कोटेश्वरमा फ्लाइओभरका लागि ऋण लिन तयारी थाल्नुअघि सरकारले सम्भावित विकल्पहरू खोज्यो वा खोजेन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । भक्तपुरबाट काठमाडौं आउने सबै सवारीसाधनलाई कोटेश्वरका साथै अन्य स्थानबाट आवतजावत गर्न सक्ने व्यवस्था मिलाउन सक्ने अवस्था थियो वा थिएन ? थियो र छ भने त्यस्ता विकल्प बढी फलदायी हुन्छन् । यद्यपि त्रिभुवन विमानस्थलले ठूलो क्षेत्र ओगटेकाले काठमाडौंको मुख्य केन्द्रमा आउन अहिले कोटेश्वरको विकल्प देखिएको छैन । यहाँको ट्राफिक जाम गर्न सडक बिस्तार गरिएको छ । लेन थपेपछि विगतको दाँजोमा समस्या केही घटेको छ तर यो स्थायी समाधान हुने भने देखिँदैन । त्यसैले यहाँ फ्लाइओभर बनाउने भनी अघिल्ला सरकारहरूले समेत बजेट कार्यक्रम समावेश गरेका थिए । फ्लाइओभरको विकल्प त्यति भरपर्दो नदेखिएकाले यसको निर्माण गरिनु ठीकै हो । यहाँनेर चिन्ताको विषय के छ भने यसको निर्माण अवधिभर सर्वसाधारण र सवारीचालकले जामको समस्या निकै खप्नुपर्ने हुन्छ । अहिले ग्वार्कोमा निर्माणाधीन इन्टरसेक्शनका लागि त्यहाँ घण्टौं जाम हुने गरेको छ । काम निकै सुस्त गतिमा भइरहेकाले यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन । कोटेश्वरमा पनि यस्तै समस्या आउन सक्छ । त्यसैले सर्वसाधारणको आवतजावत प्रभावित नहुने गरी यसको निर्माण कार्य गरिनुपर्छ, वर्षौंसम्म काममा ढिला गर्नु हुँदैन । सुस्ती हुने समस्या यहाँ पनि कायम रहने हो भने सर्वसाधारणले दु:ख पाउँछन् ।  अन्य देशमा यस्तो सञ्चालनमा रहेका स्थानमा थप निर्माण कार्य गर्दा धेरै पक्षमा ध्यान दिइएको हुन्छ । आवागमन नरोकियोस् भनेर रातको समयमा काम गर्ने, एकातिर काम सकेर मात्रै अर्कातिर काम थाल्ने आदि गरेर सर्वसाधारणलाई असर कम पर्नेगरी काम गरिन्छ । त्यस्तै निर्माण सामग्रीको प्रयोगमा पनि ध्यान दिइन्छ । अन्यत्र नै तयार पारिएको सिमेन्ट, रड आदि ल्याएर प्रयोग गरिन्छ । त्यस्तै अन्यत्र नै ठूलाठूला स्ल्याबहरू बनाएर ल्याइन्छ र निर्माण क्षेत्रमा फिटिङमात्रै गरिन्छ । नेपालमा पनि त्यस्तै गर्न सम्भव छ । विगतको दाँजोमा अहिले यस्ता नवीन प्रविधिको प्रयोग बढ्दो छ । तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण यस्तो प्रविधिलाई उच्च प्राथमिकता दिएको भने पाइन्न । त्यसैले छिटोभन्दा छिटो निर्माण गर्नेगरी ठेक्का सम्झौता हुनुपर्छ । कतिपय देशमा पूर्वाधार निर्माणका ठेक्कामा प्रतिस्पर्धा गराउँदा मूल्यमा होइन, निर्माण अवधिमा प्रतिस्पर्धा गराइन्छ । अर्थात् जसले कम रकममा ठेक्का हालेको छ त्यसलाई ठेक्का दिने होइन, जसले सबैभन्दा चाँडो आयोजना सक्ने कबोल्छ त्यसैलाई ठेक्का दिइन्छ । ठेक्काका लागि इन्जिनीयरहरूले बजारको मूल्य हेरेर कति लाग्छ भनेर लागत अनुमान गरेका हुन्छन् । त्यसमा ज्यादै अन्तर हुँदैन । त्यसैले ज्यादै कम मूल्यमा काम गर्छु भन्छ भने कि त्यसले गुणस्तर बिगार्छ कि समयमा काम सम्पन्न गर्दैन । त्यसैले यो अभ्यासमाथि समेत पुनर्विचार आवश्यक देखिन्छ ।

काठमाडौंमा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका हुन् । यस्तै काठमाडौंको कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास बनाउन सुरु गरिने पनि उनले घोषणा गरे ।

काठमाडौंका तीन ठाउँमा फ्लाइ ओभर निर्माण हुने

सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँमा फ्लाइ ओभर र दुई ठाउँमा अन्डरपास मार्ग बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।उनले काठमाडौं उपत्यकामा सवारी चाप व्यवस्थापन गर्न ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण गरिने जनाएका हुन् ।उनले सिस्ने–नागढुंगा सुरुङमार्ग आगामी वर्ष खोलिने पनि जनाए ।

अघि बढ्यो बलम्बु र ग्वार्कोमा फ्लाइओभर निर्माण, कति भयो काम ?

काठमाडौं । सरकारले सडक जाम हटाउन काठमाडौं उपत्यकामा २ वटा फ्लाइओभर निर्माण प्रक्रिया अघि बढाएको छ । काठमाडौंको बलम्बु र ललितपुरको ग्वार्कोम फ्लाइओभर निर्माण प्रक्रिया अघि बढेको हो । ललितपुर ग्वार्कोमा बन्ने फ्लाइओभर (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणको ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको छ । फ्लाइओभर निर्माणका लागि बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकन समेत भई आर्थिक […]

ग्वार्काेमा चार लेनको फ्लाइओभर बन्ने

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो । अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुण...

ग्वार्कोमा चार लेनको फ्लाइओभर

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले

ग्वार्काेमा चार लेनको फ्लाइओभर

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो । अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमवार ठेक्का निकालेको हो । फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको र त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा.विजय जैशीले जानकारी दिए । योजना, डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गरिने उक्त फ्लाइओभर ठेक्का पाउने कम्पनीले उक्त अवधिभित्र बनाइसक्नुपर्नेछ । ‘सानो ठेक्का हो । नेपाली निर्माण कम्पनीहरूसँग पनि पुल बनाउने क्षमता राम्रो छँदै छ । त्यसैले आईपीसीबाट ठेक्का निकालिएको हो,’ जैशीले भने, ‘बिजुली बजारको आर्चब्रिज जस्ता धेरै राम्रा पुलहरू पनि बनेका छन् । यो साधारण खालको फ्लाइओभर भएकाले नेपालीलाई नै प्रोत्साहन गर्न खोजिएको हो ।’ चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा चार लेनमा फ्लाइओभर बन्ने जैशीले बताए । ४५५ मीटर लामो फ्लाइओभारमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ भने मंगलवजार (पाटन) साइटबाट इमाडोलतर्फ भने पुलमुनिबाट सवारीसाधनहरू सञ्चालन हुनेछन् । विभागले यसअघि नै अर्थ मन्त्रालयबाट फ्लाइओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ । त्यही रकमभित्र रहेर नै यो फ्लाइओभर बन्ने उनले बताए । ग्वार्काेमा बाहेक सीतापाइला र एकान्तकुनामा पनि फ्लाइओभर बनाउने योजना सडक विभागको छ । बढी सवारी चाप हुने सडक तथा चोकहरूमा फ्लाइओभर बनाउने चर्चा भए पनि यो संरचना बनाउने विषयले भने चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा पहिलोपटक प्रवेश पाएको थियो । त्यसमध्ये पहिलो चरणमा ग्वार्काे चोकमा फ्लाइओभर बनाइनेछ ।

काठमाडौं उपत्यकामा तीन फ्लाइओभर बन्दै

काठमाडौं। उपत्यकाको आवागामन सहज बनाउन सरकारले तीन वटा फ्लाइओभर बनाउने भएको छ। ग्वार्को, सातदोबाटो र इमाडोलमा फ्लाइओभर बनाउने भएको हो। यी तीनमध्ये आगामी आर्थिक वर्षमा एउटाको ठेक्का अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। बाँकी दुई फ्लाइओभरको काम अर्को आर्थिक वर्षमा सुरु हुने छ। यस्तै,तीनकुने–जडिबुटी अण्डरपासको काम समेत अगाडी बढाउने मन्त्रालयले बताएको छ।

रिङरोड समस्या सुल्झाउन ललितपुर महानगरले चार ठाउँमा ‘फ्लाइओभर’ बनाउने

सडक निर्माण समस्याबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार डाकेको बैठकमा एक मात्र जनप्रतिनिधि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन थिए। आठलेन रिङरोडको कोटेश्वर–कलंकी खण्डमा ८० प्रतिशतभन्दा बढी ललितपुर महानगरभित्रै पर्छ। काठमाडौं उपत्यकामा बन्दै गरेका सडकमध्ये पछिल्लो समय सबभन्दा ठूलो ‘इञ्जिनियरिङ’ समस्या देखिएको रिङरोडमै हो। यहाँ दुईतर्फी बाटो छुट्टयाउने ‘मिडियन’ छैन। पैदलयात्रुलाई बाटो काट्न समस्या छ। चोकहरूमा रिङरोड…