प्राइम लाइफ इन्स्योरेन्स बीमा समितिको कारबाहीमा

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको भन्दै आइतबार समितिले इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा  कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी

सम्बन्धित सामग्री

हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा

काठमाडौँ– हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज […]

तीन लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयनले एकीकृत कारोबार थाल्यो

काठमाडौँ – तीनवटा लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संयुक्त कारोबार थालेको छ। नियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयनले मंगलबारदेखि एकीकृत कारोबार थालनी गरेको हो। बीमा प्राधिकरणले वैशाख १३ गते बराबरी हैसियतमा गाभिन स्वीकृत दिएको थियो। यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न […]

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ […]

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता

१ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको […]

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति पाएका छन् । मंगलबार बीमा समितिले यी तीनवटै कम्पनीलाई बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम औपचारिक रुपमै मर्जरको सहमति दिएको हो । साथै यी कम्पनीहरुलाई सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ । यी कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गा

तीन वटा बीमा कम्पनीबीच आपसमा गाभिने सहमति

युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बिमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्ने लक्ष्य लिइएको छ।  यस्तै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा स

बिमा समितिले गर्‍यो प्राइम लाइफलाई कारबाही

१६ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बिमा समितिले कारबाही गरेको छ । संस्थागत सुशासन सम्बन्धी पालना गर्नु पर्ने नियमहरु पालना नगरेको पाइएपछि कारबाही गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । उनका अनुसरा कम्पनीलाई बिमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, […]

प्राइम लाइफ इन्स्योरेन्सको बीमा सेवा तीन दिन बन्द हुने

साउन १, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा तीन दिन बन्द हुने भएको छ ।  कम्पनीले बीमा सेवा साउन १ गतेदेखि ३ गते आइतवारसम्मका लागि बन्द हुने सूचनामार्फत बताएको छ ।  कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्य गर्नु पर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पूर्ण बीमा सेवा बन्द हुने पनि बताएको छ ।