नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्दै प्रदेश र विभागीय टोली

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदैछ । असोज २८ देखि कातिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि सबै प्रदेशले छनोट थालिसकेका छन् । प्रतियोगिताका लागि विभागीय टोली पनि तयारी अवस्थामा छन् । दुई पटक मिति तोकेर सरेको प्रतियोगिता अब तेस्रो पटक तोकिएको मितिमै हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्हरुले तयारी समय नपुगेको भनेपछि दोस्रो पटक प्रतियोगिता सरेको थियो । तर, प्रतियोगिताको तयारी भने अहिलेसम्म विभागीय टोली बा