इटहरी गोल्डकप : सगरमाथाको जितसँगै सेमिफाइनल समीकरण पूरा

इटहरी : बाह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। सगरमाथा युथ क्लब विराटचोकको जितसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। इटहरी रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिमलाई ३–० गोल अन्तरले हराउँदै सगरमाथाले सेमिफाइनलमा स्थान बनाएको हो।सगरमाथालाई जित दिलाउन आभाष लामिछानेले २ गोल गरे। एक गोल प्रदीप लामाले गरे। खेलको तेस्रो मिनेटमै आभाषको गोलबाट सगरमाथाले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बना