संसद भवन निर्माण गरिरहेका मजदुरले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं : संघीय संसदको नयाँ भवन निर्माणमा संलग्न मजदुरलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।मजदुर, व्यवस्थापन एवं निर्माण आबद्ध प्राविधिकसहित भवन निर्माणमा संलग्न ५ सय ४६ जनालाई  मंगलबार खोप लगाइएको हो। संघीय संसद सचिवालयका चिकित्सक डा.पुष्प रिजालले सिंहदरबार परिसरस्थित पुतलीबगैंचामा उनीहरूलाई आस्ट्राजेनेका खोप लगाइएको जानकारी दिए।पुतलीबगैंचामा संसद भवन निर्माण भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले साउन २६ गते निर्माणाधीन भवन अवलोकन गरेका थिए।त्यसै क्रममा निर्माण पक्ष

सम्बन्धित सामग्री

सङ्घीय संसद् भवन निर्माण कछुवा गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं । सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन । सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । यसबीच कोरोना महामारीका कारण त्यो सम्भव भएन र पहिलो पटक ६ महीना म्याद थप गरी निर्धारित समय २०८० वैशाख १४ गते पुर्‍याइयो । पहिलो पटक थप भएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि अर्को ६ महीना म्याद थप गरी २०८० असोज १६ गते पुर्‍याइयो ।       दुई पटक म्याद थप हुँदा पनि निर्माणाधीन संसद भवनको प्रगति उत्साहजनक छैन । निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ । कम्पनीका तर्फबाट परियोजना व्यवस्थापक प्रमेन्द्रकृष्ण श्रेष्ठका शब्दमा भवन निर्माण सकिन अझै कम्तीमा ६ महीनाको समय चाहिन्छ । त्यसैले निर्माण कम्पनी यतिबेला तेस्रो पटक म्याद थपका लागि आग्रह गर्दै आएको छ ।  संसद भवन निर्माण अपेक्षाकृत रूपमा हुन नसकेपछि प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज संसद भवन निर्माणको स्थलगत अवलोकन गरेको छ । अवलोकनपछि समिति सभापति दीपकबहादुर सिंहले निर्माण कम्पनीलाई निर्देशन दिँदै भने, ‘भवन निर्माण कछुवा गतिमा भयो यसलाई चाँडो सम्पन्न गर्नुहोस् ।’ उनले यो ढङ्गले समयमै निर्माण हुन नसक्ने भन्दै निश्चित अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता नआएसम्म म्याद थप्नुको कुनै औचित्य नभएको बताए ।  सहरी विकासमन्त्री सीता गुरुङले पनि आजै निर्माणाधीन संसद भवनको अवलोकन गरिन् । भवन अवलोकनका क्रममा मन्त्री गुरुङ, समितिका सभापति सिंह र सांसदहरूले निर्माण असाध्यै सुस्त गतिमा भएको भन्दै निर्माणको गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिए । महँगो मूल्य तिरेर भाडाको भवनमा संसद् चलाउनुपर्ने बाध्यताले आर्थिक दायित्व बढेको भन्दै संसद् भवन निर्माण छिटो अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।  यद्यपि भवन निर्माणको जिम्मेवारी पाएको कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरले भने ‘साइट क्लियरेन्स’कै लागि करिब १८ महीना लागेकाले निर्माण समयमै सम्पन्न हुन नसकेको दाबी गरेको छ । ‘आयोजनामा हाल चार सय हाराहारीमा जनशक्ति परिचालन छन् । भवनका निर्माणका लागि उपकरणहरू भारत, युरोपलगायत मुलुकबाट आयात गर्नुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको हो,’ कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भने ।   सहरी विकासमन्त्री गुरुङले पछिल्लो ६ महीनामा संसद् भवन निर्माणले तीव्रता लिए पनि सन्तोषजनक नभएको बताइन् । ‘म मन्त्रीको जिम्मेवारीमा आउनुभन्दा पहिलेको तुलनामा पछिल्लो ६ महीनामा धेरै काम भएको छ तर जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यो भने भएको छैन,’ उनले भनिन् ।  मन्त्री गुरुङले भवन निर्माणका विषयमा नीतिगत र प्राविधिक समस्याबारे सरोकारवालासँग पटक–पटक छलफल गर्न र निर्देशन दिइएको बताइन् । ‘हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गरौं भन्ने लक्ष्य हो,’ उनले भनिन्, ‘भवन निर्माण छिटो सक्न जनशक्ति बढाउन पनि निर्देशन दिइएको छ ।’ उनले जुनसुकै समस्या भए पनि मन्त्रालयका तर्फबाट एक साताभित्रै समाधान गर्ने निर्णय लिइएको उल्लेख गरिन् ।  ‘भवनको बाहिरी संरचना सकिएको छ । अबको ६ महीनाभित्र ६ ओटा भवनको काम सक्छौं, बाँकी भवनको काम त सकिसकेको छ । ‘फ्लोरिङ फिनिसिङ’ अझै काम बाँकी छ,’ निर्माण कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भने ।  आयोजना निर्देशक मच्चाकाजी महर्जनले ६ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको दाबी गरे । आयोजनाको परामर्शदाता राजुमान मानन्धरले पनि निर्माणाधीन संसद् भवनमा छिटो पूरा गर्न दुई सिफ्टमै काम गर्ने योजना रहेको बताए ।  एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च रु ६ अर्ब ९२ करोड भए पनि रु पाँच अर्ब दुई करोडमा सम्झौता भएको छ ।  सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि रु तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । संसद भवनभित्र मुख्य भवन आठओटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।      गत असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको थियो । उहाँले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै गत साउन १७ गते सभामुख देवराज घिमिरेले पनि निर्माणाधीन संसद् भवनको अवलोकन गरेका थिए । उनले पनि लक्ष्यअनुरुप निर्माणको काम सन्तोषजनक नभएको बताएका थिए । रासस

नयाँ संसद भवनमा २ वर्षपछि मात्रै बैठक, ६१ प्रतिशत निर्माण सकियो (भिडियोसहित)

सिंदरबारस्थित नयाँ संसद भवन बनाउने काम ६१ प्रतिशत सकिएको छ । वित्तीय प्रगति भने ६० प्रतिशत रहेको विशेष भवन निर्माण सचिवालयका आयोजना निर्देशक माचाकाजी महर्जनले जानकारी दिए । नयाँ संसद भवन अन्तर्गत ११ वटा भवन उठाउने काम सम्पन्न भएको छ । हाल भवनमा बुट्टेदार झ्याल–ढोका हाल्ने काम सुरु भएको उनले बताए । यस्तै संसद भवनको कम्पाउण्ड वाल लगाउने काम पनि सकिन लागेको छ । संसद भवन प्रवेशका लागि रहने ३ वटा गेटमध्ये २ वटाको फिनिसिङ सकिएको छ भने अर्को गेटको फिनिसिङ गर्न बाँकी छ ।हालसम्म प्रतिनिधिसभा र राष्

संघीय संसद भवन निर्माणमा कानून उल्लंघन

काठमाडौं । कानून बनाउने मुख्य थलो संघीय संसद भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला भवन निर्माण गर्नुपूर्व इआइए अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार इआइए बिना पूर्वाधार निर्माण गर्न […]

लुम्बिनी प्रदेशः अर्थले बजेट रोक्यो, रोकियो संसद भवन निर्माण

प्रदेश सरकारले बजेट रोकिदिएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा भवन निर्माणको काम रोकिएको छ।

नयाँ संसद भवनको निर्माणकार्य २७ प्रतिशत सकियो

काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद भवनको निर्माण कार्य २७ प्रतिशत सकिएको छ । निर्माणाधीन भवनको शुक्रबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले अवलोकन गरेकी छन् ।  अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरेकी छिन् ।  ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन’ उपाध्यक्ष दाहालले भनिन्– ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरू के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नह

नयाँ संसद भवनको २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छिन् । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन् ।  भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए ।

१० अर्बमा संघीय संसद भवन निर्माण हुँदै

संघीय संसद भवन निर्माणको काम सुरु भएको छ । सिंहदरबारको उत्तर–पूर्वस्थित पुतली बगैँचाको एक सय ७६ रोपनी आठ आना

संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन बनाउन विकास समितिको निर्देशन

काठमाडौं : संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई बिग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो।

प्रधानमन्त्रीका पाँच प्राथमिकता : पहिलो निर्णय दुई वर्षमा आफ्नै संसद भवन

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहणलगत्तै आफनो प्राथमिकता सार्वजनिक गरेका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बेलुकी पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ सार्वजनिक गरेका हुन्। जसअन्तर्गत प्रधानमन्त्री ओलीले २ वर्षभित्र आफ्नै संसद भवन निर्माण गर...