काठमाडौं : गत साउन महिनामा रेमिट्यान्समा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भएको हो।राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।के