गरिमा र सहारा विकास बैंकले कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरू गर्ने

गरिमा विकास बैंक र सहारा विकास बैंकले कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। सहारा विकास बैंकलाई गरिमा विकास बैंकले एक्वायर अर्थात प्राप्ति गरेपश्चात सो दिनदेखि गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरू गर्न लागेको हो। एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो। गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो। प्राप्तिप...