एजेन्सी । श्रीलंकामा विगत ३ महिनादेखि आर्थिक र राजनीतिक संकट छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रुपमा राजीनामाको घोषणा गरेका छन् । उनले यसबारे प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई जानकारी गराएका छन् । श्रीलंकाको प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपतिले आफ्नो घोषणा अनुसार राजीनामा दिने बताएका छन् ।