शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षरोपण

५० औँ विश्व वातावरण दिवसका  अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । आइतबार शान्ति समाज काठमाडौँ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी शान्ति समाजका शाख

सम्बन्धित सामग्री

रौतहटमा तीन हजार हेक्टरभन्दा बढी जंगल अतिक्रमण

रौतहट । जिल्लाको करीब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणमा परेको छ । यस्तै, चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन् गर्ने काम तीव्ररूपमा बढेको छ ।  सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररूपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन । सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रमण भएको छ । सो ठाउँमा घर बनाउने क्रम बढेको स्थानीय बताउँछन् । ‘पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो टोल आसपासका ठाउँमा वन कार्यालय मलेरीका कर्मचारीको मिलेमतोमा वन मासेर घर, टहरा बनाउने क्रम बढ्दै गएको छ,’ स्थानीय मितेश नन्दन मिश्राले भने ।  केही समयपहिले डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा घर बनाउने कार्य देखिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले बताए   जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घरटहरा बनाउने क्रम देखिएको छ । चन्द्रपुर नगरपालिकाको बेतौनाको जङ्गलमा राजनीतिक दलको संरक्षणमा घरटहरा बनाउने क्रम बढ्दै गएको छ । राजनीतिक दलको संरक्षणका कारण वन जङ्गलको अतिक्रमित जग्गामा निर्माण गरिएको खेतीयोग्य जग्गा, घर, टहरा भने खाली गराउन समस्या भएको वन कार्यालयले जनाएको छ । यस वर्ष भने दर्जन बढी नयाँ घर निर्माण भएको बताइएको छ ।  अनधिकृतरूपमा बसेको मानव बस्तीमा खानेपानी, बिजुली, विद्यालय लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउने भन्ने समस्या रहेको प्रमुख कर्णले बताए ।  राष्ट्रिय वनअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुण बस्ती, भोलेन्टार, गैंडाटारको महादेव डाँडा, तोरीवारी, इपलीबस्ती, फूलबारी, हिलेखोला पौराई, गुजरा, वृन्दनवन, फतुवा विजयपुर लगायतका वनजङ्गल क्षेत्रमा रुख व्यापकरूपमा कटानी गरेर अतिक्रमण गर्ने कार्य तीव्ररूपमा भइरहेको बताइएको छ ।  वन क्षेत्रमा चरिचरनका साथै रुख काट्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । राजमार्ग उत्तर तथा चुरेसँगै जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शून्य रहँँदा राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै आएको हो । रासस

वातावरण दिवसमा वाग्मती किनारमा वृक्षरोपण

काठमाडौँ,२३ जेठ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको आयोजनामा भएको वृक्षरोपणमा समी, आँप, तेजपत्ता, एभाकाडो, कपुर, फूलका करिब तीन दर्जन बिरुवा रोपिएको हो । वृक्षरोपणमा नायक पुष्प खड्का, हास्य कलाकार हिमेश पन्त, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल […]

वातावरण दिवसमा वृक्षरोपण

काठमाडौं । ५०औं विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ । शान्ति समाज काठमाडौं शाखाद्वारा ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले वातावरणीय सुधारका कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । नगर क्षेत्रका खाली ठाउँमा यही वर्षायाममा बिरुवा रोपिने उनले बताए । कार्यक्रममा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडौं शाखा सभापति भगवान पुडासैनीलगायतले वातावरण संरक्षणका लागि हरियाली प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । नगर क्षेत्रका खाली स्थानमा बिरुवा रोप्ने अभियानमा साथ दिने उनीहरूको प्रतिबद्धता थियो । सो अवसरमा जोरपाटीस्थित नयाँबस्ती युवा क्लब परिसरअघि वृक्षरोपण गरिएको छ । ओखर, तेजपत्तालगायत जातका करिब ३० बिरुवा त्यस क्षेत्रमा रोपिएको छ । रासस

शान्ति समाजद्वारा १२ जिल्लामा वृक्षरोपण

काठमाडाैँ- ५० औँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ। आज शान्ति समाज काठमाडाैँ शाखाद्वारा ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडाैँ शाखा […]