राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ।  प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो।  विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।  प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ । निर्वाचनमा बागमती प्रदेशसभाका एकसय नौ जना सांसदमध्ये एकसय ६ जना र स्थानीय तहका दुई

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको  थिए ।  मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जन

राष्ट्रियसभा सदस्य निर्वाचन : हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने

राष्ट्रियसभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो ।  मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ । राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किस

प्रदेश ३ को राष्ट्रियसभा चुनावमा जे दखियो(तस्बिरहरूसहित)

प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचन सकिएको छ। चुनाव बुधबार बिहान १० बजेदेखि ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा सुरू भएको थियो। प्रदेश नम्बर ३ मा ३ सय ४८ जना मतदाता र १४ जना उम्मेदवार रहेका थिए। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हेर्नुहोस् तस्बिरमा: सबै तस्बिरहरू : नारायण महर्जन