प्रधानन्यायाधीशलाई देखियो कोरोना संक्रमण, सशस्त्र प्रहरी अस्पताल भर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणसहित निमोनिया पनि देखिएको छ। कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीशलाई आज साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्।...

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

राप्रपा केन्द्रीय सदस्य बलराम थापाको निधन

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा अाइतबार निधन भएको छ । तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भएको र वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेपछि अवस्था नाजुक बनेको थियो ।

अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा अक्सिजनको व्यवस्थासहित ६० शøयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमण बढेपछि उक्त क्षमताको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । ‘नगरपालिकाभित्र दिनानुदिन कोरोना संक्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो,’ उनले भने । नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शøया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शय्याको आइसोलेशन केन्द निर्माण गरिएको उनले बताए ।   यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ शय्याको आइसोलेशन केन्द्र स्थापना गर्ने बताएको छ । चन्द्रागिरिमा सोमवारसम्ममा ९८६ सक्रिय संक्रमित भने हालसम्म यहाँ कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् । रासस

लागूऔषद् मुद्दा खेपिरहेका कोरोना संक्रमित सशस्त्र अस्पतालबाट भागे

लागूऔषद् मुद्दामा खेपिरहेका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएकोमा त्यहाँबाट भागेका छन् ।

कोरोनाको उपचारमा अब्बल देखिएको 'एपिएफ' अस्पताल

काठमाडौं । कोरोना संक्रमण विश्वव्यापी रूपमा फैलिरहँदा सो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । महामारीको सन्त्राससँगै विभिन्न अस्पतालहरूलाई सरकारले कोभिड १९ को उपचारार्थ 'डेडिकेटेड' अस्पतालहरूको रूपमा रूपान्तरण गर्दै गयो । ति मध्ये नै एक थियो सशस्त्र प्रहरी अस्पताल बलम्बु ।