जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

सम्बन्धित सामग्री

मार्सी धान रोपाइँको उल्लास

पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ गर्न महोत्सव नै आयोजना गरिएको छ ।

निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो

कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा […]