प्राथमिकता प्राप्त आयोजनामा   नागरिक लगानी कोषद्वारा १ खर्ब ८३ अर्ब २१ करोड लगानी

चैत ५, काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब ९१ करोड रुपैयाँ, सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ, संगठित संस्थाको शेयर र धितोपत्रमा १६ अर्ब ७३ करोड रुपैयाँ, सहभागी सापटी तथा आवास कर्जामा ३६ अर्ब १ करोड रुपैयाँ र समयकालीन कर्जामा २१ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ ।             चालू आवको छ महीनामा कोषको खुद कोष मौज्दात १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको ३२ औं वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । उनले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकतामा राखी कोषले लगानी गर्दै आएको बताए । कार्यकारी निर्देशक नेपालले आगामी दिनमा कोषको लगानी पूर्वाधार विकासका क्षेत्रमा बढाउने प्रतिबद्धता व्यक्त गरे ।             विसं २०४८ मा स्थापना भएको कोषले विभिन्न १२ ओटा योजनामार्फत ८ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर विस्तार गरेको उनले बताए। कोषले सञ्चालनमा ल्याएका योजनामा सहभागी हुने सम्भावना भएका संघसंस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्न/ गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ । कार्यकारी निर्देशक नेपालले आगामी वर्ष सुदूरपश्चिमको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यालय विस्तार गरिने बताए।             पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थपना गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको नौ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।  नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो । स्टक डिलरले पूँजी बजारको विकास, विस्तार र विस्वसनीयतामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।             कोषले विभिन्न सात प्रकारका योजना सञ्चालनमा ल्याएको छ । कोषले कर्मचारी बचतवृद्धि कार्यक्रम स्वीकृत अवकाश कोष योजना, अवकाश कर्जा, राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकाङ्क योजना र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । रासस

सम्बन्धित सामग्री

“नागरिक लगानी कोष ठूला भौतिक पूर्वाधारमा लगानी गर्न तत्पर छ”

नागरिक लगानी कोष  (सिआइटी) सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, शेयर बिक्री प्रबन्धकदेखि शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिरहेको …

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश...

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा […]

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौँ – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्। उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत उत्पादन गर्नेछ। हाइड्रोपावरको […]

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ । उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्

नागरिक लगानी कोष र आइएमइबीच सम्झौता

नागरिक लगानी कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो । वैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न […]

नागरिक लगानी कोष र  आइएमई लिमिटेडबीच सम्झौता

नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र...

नागरिक लगानी कोष र आइएमईबीच सम्झौता

काठमाडौं, असोज १८ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमईसँग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो सम्बन्धी समझदारी […]

नागरिक लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ। कोषका कर्मचारी र कर्मचारीका परिवार एवं कोषका कार्यक्रममा सहभागी र सहभागीका परिवारको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको हो। सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोस्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा राजेशदेवबीच हस्ताक्षर भएको […]

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । असंगठित क्षेत्रका विपन्न मजदूरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्रा