अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछिको सबैभन्दा ठूलो आक्रमण

अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।अफगानिस्तानमा आइएस के ले ल