पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।       पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।      वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय शुरू भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ । रासस

सम्बन्धित सामग्री

पानी नपरेपछि किसानलाई मकै जोगाउन मुस्किल

बागलुङ– वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेको छ । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् […]

म्याग्दीमा खडेरी र फौजी किराले मकै सखाप

म्याग्दी : समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन्।विगत वर्षहरूको तुलनामा यस वर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी नटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए।जिल्लाको लेकदेखि बेंसीस

उदयपुरका किसानले खडेरीका कारण मकै छर्न पाएनन्

काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् । माघ महिनाको वसन्त पञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरूको हप्तादेखि मकै छर्ने चलन छ । तर, अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा किसानले खडेरीका कारण मकै […]

पानी नपर्दा मकै रोप्न समस्या

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन्। सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन्।

जाजरकोटमा पानी नपर्दा मकै रोप्न समस्या

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए । वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट– आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् ।  सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् । पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर […]

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न ढिलाइ

जाजरकोट – समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए । यहाँका किसानले धानको […]

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्न समस्या

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।यहाँका किसानले धानकाे बीउ राख्‍न

वर्षाले किसानलाई राहत : मकै तथा लहरे तरकारीबालीलाई फाइदा

काठमाण्डाै – पानी परेका ठाउँका किसानलाई केही राहत मिलेको छ । बर्खेबाली तथा लहरे तरकारी लगाएका र लगाउने तयारीमा रहेका किसानलाई राहत मिलेको हो । खेतबारीमा चिस्यान भएपछि धेरै किसान मकै तथा तरकारीबाली रोप्ने काममा जुटेका छन् । मध्य पहाडमा अहिले मकै तथा लहरे तरकारीबाली लगाउन सकिने नार्कको राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । सिँचाईको सुविधा नभएका क्षेत्रमा किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । चैतेबाली थन्क्याएपछि पानी नपर्दा जग्गा खनज...

पानी नपर्दा महाभारतका खेतबारी बाझै

यहाँको महाभारत क्षेत्र अन्र्तगतका दर्जनौ स्थानका बारी हालसम्म बाझै रहेका छन्। लामो समयदेखि पानी नपर्दा माघ पहिलो सातामै मकै रोप्नुपर्ने साविकका बिभिन्न गाविसमा हालसम्म मकै रोप्न किसानले पाएका छैनन्।