गण्डकी गाउँपालिकाका आठ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) ले गण्डकी गाउँपालिकाका आठ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा तोपमान गुरुङ वडा नम्बर २ को अध्यक्षमा यामबहादुर थापा र वडा नम्बर ३ को अध्यक्षमा हरि पन्तलाई निर्वाचित गरेको छ । वडा अधिवेशनले गण्डकी गाउँपलिकाका ८ वटै वडामा २३२ जना पदाधिकारी चयन गरेको छ । ती पदाधिकारीहरुले १९७ जना प्रतिनिधि चयन गरेको छ । माओवादी केन्द्रको पालिका अधिवेशन १२ गते देशभर हुँदैछ ।अ