पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा !

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्...

सम्बन्धित सामग्री

मनाङ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, माघ ९ । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो […]