अब्दुल्लाह अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन्।प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले अलमुताइरीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो। नेपालले आज भारतविरुद्ध उपाधिका लागि खेल्दैछ।साफको यस निर्णयप्रति अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सबैले नियमको पालना गर्नुपर्ने भएको उल्लेख गर्दै आफूहरूमाथि अन्याय भएको बताएका छन्।यस्तै, फाइनल खेल नेपालका फरवार्ड अन्जन विष्टले गुमाएका छन्। उनले पनि

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कने

३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले […]

साफका पदाधिकारीले नेपालले नजितोस् भनेर गलत निर्णय गरे - अलमुताइरी

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धनमा परेका छन् । साफ आयोजक कमिटीले नेपालका मुख्य प्रशिक्षक अलमुताइरीले लिग चरणमा बंगलादेश र श्रीलंकासँगको खेलमा पहेँलो कार्ड पाएकाले आज हुने फाइनलमा प्रतिबन्ध लगाइएको जनाएको छ ।प्रतिबन्धपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा अलमुताइरीले साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भएपनि आफूलाई दोहोरो पहेँलो कार्ड खाएकै भरमा प्रतिबन्ध लगाइएको भन्दै अस...

भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ । तर यो फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र भारतका प्रशिक्षक स्टिमाच दुबैमाथि प्रतिबन्ध लागेको छ । साफ नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ । तर लिग […] The post भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.