लोकसेवा आयोगको पाठ्यक्रम तथा परीक्षणमा समयानुकूल सुधार आवश्यक : उपराष्ट्रपति

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउन लोकसेवा आयोगले समयानुकूल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।शुक्रवार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए।उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भ