मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।