काठमाडौं आइपुगिन् कतारकी पर्वतारोही आस्मा अल थानी, सगरमाथा चढेर विश्वलाई समानताको सन्देश दिने

काठमाडौं : कतारकी पर्वतारोही शेख आस्मा अल थानी सगरमाथा आरोहणको लागि नेपाल आएकी छिन्। काठमाडौं ओर्लिसकेपछि थानीले दरबारमार्गस्थित याक एन्ड यति होटलमा पत्रकारहरुसँग आफ्नो सगरमाथा आरोहरणको योजना बारे कुराहरु गरिन्। उनले नेपाल आउन पाउँदा आफू निकै खुशी भएको र सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्ने बताइन्। सगरमाथा चढेर आफूले विश्वलाई लैंगिक…

सम्बन्धित सामग्री

आफ्नै रेकर्ड ताेड्दै कामिरिताले २९औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २८ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैँले भंग गरेका थिए । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ […]

कामीरिताद्वारा सगरमाथा आरोहणमा विश्व किर्तीमान

काठमाडौं । विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् । बुधबार विहान २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै रेकर्ड तोडेका हुन ।शेर्पाले पहिलोपटक २४ वर्षको उमेरमा सगरमाथा चढेका थिए । यसअघि शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड आफ्नै नाउमा राखेका थिए । आफ्नै रेकर्ड तोडेर […]

अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (Icefall Doctor) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।  चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले  जानकारी दिए । 'शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ', उनले भने, 'मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।' अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । 'उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्', उनले भने, 'मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।'  आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPPC) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।   सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेबित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।  लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।  सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।  नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।  पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका Sir Edmund Hillary सगरमाथाको चुचुरोमा पुगेका थिए । सिबी अधिकारी,  रासस

पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइदै

काठमाडौं,१० वैशाख । राष्ट्रिय विभूती एवं पर्वतारोही पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस आज मनाईदै छ । काठमाडौंको चुच्चेपाटिस्थित शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पणगरि उनको स्मृति दिवस मनाउन लागिएको हो । नेपालको पहिलो महिला सगरमाथा आरोहीको रुपमा विश्वमा आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल शेर्पाको सगरमाथाको सफल आरोहनपछि फर्कने क्रममा हिँउमा चिप्लिएर बि […]

सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा […]

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच हिमाल आरोहण सम्बन्धि संझौता भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संझौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र आरोही श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित ८ हजार मीटर भन्दा माथि उचाइमा रहेका ७ वटा हिमाल […]

सगरमाथा दिवस मनाइयो

काठमाडौं । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पुगी...

१०औं पटक सगरमाथाको आरोहण गर्दै लाक्पा शेर्पा

२८ चैत, काठमाडौं । आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको आरोहण गर्ने भएकी छन् । सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि उनलाई बिदाई गरेको छ । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा […]

सगरमाथा आधार शिविर पुगेका पर्वतारोहीमा कोरोना संक्रमण देखिएको हो ?

१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग   मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]