अलपत्र पर्यो बसपार्क निर्माण, अस्तव्यस्त पार्किङ

बैतडी : पाटन नयाँ शहरअन्तर्गत बैतडीको पाटनमा  बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१-७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिलेसम्म पूरा हुन नसकेको हो।पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भए पनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयवासीसमेत निराश बनेका छन्।८ ओटा बस र ४ ओटा जिप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। बसपार्क निर्माणको कामा ढिलाइ हुँदा स