दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ - दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएकाे वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि  भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो । कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएकाे हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताउनुभयो। दाङमा यस वर्ष १८ हजार तीन सय ...