लन्डन । बेलायतमा लकडाउन खुल्नको लागि ठिक एकसाता बाँकी रहँदा कोरोना संक्रमण दर र मृत्यु दरमा निरन्तर कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख