माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । ‘दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बने