पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा