बागमतीमा एमाले विवादले बजेटमाथिको छलफल रोकियो

हेटौंडा : बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २४ दिन बितिसक्दा पनि बजेटमाथिको छलफल बढ्न सकेको छैन। एकल बहुमतको सरकार बनाएको एमाले नै दुई कित्तामा बाँडिएपछि बागमती सरकारले बजेटमाथिको छलफल बढाउन नसकेको हो। प्रदेशमा रहेका सबै प्रतिपक्षी एकतर्फी उभिँदा पनि बहुमत पुग्ने एमालेभित्रै मतभेद हुँदा यतिबेला प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस परेको छ।केन्द्रदेखि स्थानीय स्तरसम्म देखिएको एमालेको केपी ओली र खनाल–नेपाल गुट बागमती प्रदेशमा पनि हाबी भएको