मलेसियाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा छ। अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै पपुवा न्युगिनी पीएनजीविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले ३ खेलबाट ६ अंक जोडिसकेको छ। मलेसिया भने फाइनल प्रवेशका लागि आज जित्नै पर्ने दबाबम